धादिङ । स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको मूल्याङ्कन गर्ने उद्देश्य सहित हुने लिजा (Local Government Institutional Self-Assessment) मूल्याङ्कनको नतिजामा धादिङको बेनीघाट रोराङ गाउँपालिकाले राष्ट्रिय स्तरमै उच्चतम अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको छ।
नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको गाउँपालिकाले देखाएको उत्कृष्ट कार्यसम्पादनको कदर स्वरूप गाउँपालिका तथा अध्यक्ष विवेक थपलियालाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा विशेष सम्मान गरिएको हो।
सम्मान कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता माननीय शालिकराम जम्कट्टेलको समेत विशेष उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष थपलियाले प्राप्त उपलब्धि सम्पूर्ण स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासको परिणाम भएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रवाह र दिगो विकासमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।





