गजुरी रुद्देश्वर आमा समूहको अधिवेशन सम्पन्न,अध्यक्षमा सीता श्रेष्ठ सर्वसम्मत


गजुरी रुद्देश्वर आमा समूहको अधिवेशन सम्पन्न,अध्यक्षमा सीता श्रेष्ठ सर्वसम्मत

गजुरी । गजुरी रुद्देश्वर आमा समूहको ५ औँ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।कार्यक्रम आमा समूहका अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा विशेष अतिथि गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल,गजुरी गाउँपालिका अध्यक्षका जीवन सङ्गिनी संगिता श्रेष्ठ,गजुरी–१ का वडा अध्यक्ष तारानाथ भण्डारी,वडा सदस्य सुधीर खरेल,सामुदायिक विकास समाज गजुरीका अध्यक्ष दिवस सागर श्रेष्ठ समाजसेवी,बुद्धिजीवी,विभिन्न संघसंस्था प्रतिनिधि लगायत साधारण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनबाट सीता श्रेष्ठ ज्यू पुनः तेस्रो कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ। उपाध्यक्षमा सानू रिमाल सुवेदी,सचिवमा मुक्ति कला लामिछाने (ढुंगाना),कोषाध्यक्षमा पार्वती डल्लाकोटी चयन हुनुभएको छ।

त्यसैगरी सह–सचिवमा निर्मला श्रेष्ठ,सह–कोषाध्यक्षमा प्रमिला सिंह महर्जन तथा सदस्यहरूमा राधिका बिशुराल,शान्ता सिल्वाल,शान्ति श्रेष्ठ,भगवती उपाध्याय,तेजकुमारी खतिवडा र गीता रुपाखेती अधिकारी,सीता उप्रेती,सारदा उप्रेती सर्वसम्मत भेलामा चयन हुनुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गजुरी रुद्देश्वर आमा समूहलाई गजुरी गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले मन्दिर निर्माण,चौसट्ठी शिवलिङ्ग स्थापना भैसकेको बताउदै अब आउने दिनमा पार्क निर्माण प्रक्रिया तथा सेवा–मुखी अवधारणा अनुसार मोटरबोट सञ्चालनका लागि टेन्डर खुलिसकेको जानकारी दिनुभयो। आमा समूह नाफामुखीभन्दा सेवा–मुखी समुह भएको उहाँको भनाइ थियो।

“गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुरालले आमा समूहका दिदीबहिनीहरू दुःख–सुखमा सधैँ एकआपसमा साथ, सहयोग र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।”

मन्दिर तथा भवन निर्माणमा दुर्गा रिजालको परम्परादेखि निरन्तर सहयोग हुँदै आएको उल्लेख गर्दै भवन निर्माण समितिका अध्यक्ष गोविन्द बर्तौलाले रिजाल परिवारको योगदान महत्वपूर्ण रहेको बताउनुभयो।

गजुरी–१ का वडा अध्यक्ष तारानाथ भण्डारीले आफू पनि यहीँको स्थायी बासिन्दा भएको उल्लेख गर्दै बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री माननीय शालिकराम जम्कटेलको कार्यकालदेखि नै गजुरीका लागि बजेट व्यवस्थापन हुँदै आएको र स्थानीय सरकारबाट सबैभन्दा बढी सहयोग प्राप्त हुँदै आएको धारणा व्यक्त गर्नुभयो।कार्यक्रमको सञ्चालन मुक्ति कला लामिछानेले गर्नुभएको थियो।





तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु