भ्रष्टाचार नियन्त्रण सरकारबाट मात्रै सम्भव छैनः प्रचण्ड


भ्रष्टाचार नियन्त्रण सरकारबाट मात्रै सम्भव छैनः प्रचण्ड

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण सरकार एक्लैले गर्न नसक्ने बताएका छन्।

शुक्रवार काठमाडौँमा सोमत घिमिरे लिखित पुस्तक ‘सामुदायिक समाजवाद’ को विमोचन कार्यक्रममा उनले मुलुकमा भ्रष्टाचारविरोधी नयाँ अभियानको थालनी गर्न जरुरी रहेको उल्लेख गर्दै त्यसको नेतृत्व आफूले गर्न चाहेको पनि बताए।

अध्यक्ष दाहालले भने, ‘भ्रष्टाचारका विरुद्ध अभियान अब हामीले राज्यबाट, एउटा प्रधानमन्त्रीले, एउटा गृहमन्त्रीले, एउटा सरकारले मात्रै गरेर हुनेकुरा छैन। भ्रष्टाचारका विरुद्ध एउटा नयाँ अभियान देशव्यापी रुपमा चलाउन जरुरी छ।’म त्यसको नेतृत्व गर्न तयार छु र तपाईँहरु सबैको साथ, सहयोग आवश्यक छ। त्यो भ्रष्टाचारविरोधी अभियान नयाँ समाजवादी आन्दोलनसँग जोडिनुपर्छ।’

अध्यक्ष प्रचण्डले आफूले समाजवादको आधार निर्माणका लागि उत्पादन वृद्धिको कार्ययोजना बनाएर अघि बढन नसकेकोमा पश्चाताप लाग्ने गरेको अनुभूति पनि समेत सुनाएका थिए।

उनले भ्रष्टाचारविरोधी अभियानलाई नयाँ समाजवादी आन्दोलनसँग जोडेर आफूले अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आग्रह गरेका छ्न।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस