गजुरीका अजय भण्डारी वाईसिएल धादिङ उपाध्यक्षमा मनोनीत


गजुरीका अजय भण्डारी वाईसिएल धादिङ उपाध्यक्षमा मनोनीत

गजुरी।नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लीग(वाइसीएल)नेपाल,जिल्ला समिति धादिङले गजुरी गाउँपालिका वडा नं.१ का युवा नेता अजय कुमार भण्डारीलाई उपाध्यक्षमा मनोनीत गरेको छ।

२०८२ असोज ७ गते वाईसिएल नेपालको विधि र विधानअनुसार भएको निर्णयअनुसार भण्डारीलाई उपाध्यक्षमा मनोनयन गरिएको जिल्ला समितिले जनाएको छ।

कार्यवाहक अध्यक्ष क. राजन लामाले जारी गरेको विज्ञप्तिमा भण्डारीलाई क्रान्तिकारी अभिवादनसहित बधाई ज्ञापन गर्दै संगठनको विधि, नीति र सिद्धान्तअनुसार जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

भण्डारी केही वर्षअघि नेपाली कांग्रेसमा प्रवेश गरे पनि पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किएका हुन्। पार्टीभित्रको सक्रियता र युवापुस्तालाई संगठित गर्न गरेको निरन्तर योगदानका आधारमा उनलाई वाईसिएलको नेतृत्वमा ल्याइएको जिल्ला समितिको भनाइ छ।

भण्डारीले अब पार्टीको नीति, कार्यक्रम र विचारधारालाई आत्मसात गर्दै स्थानीय तहदेखि राष्ट्रिय तहसम्म जनताको सेवा र विश्वास जित्न समर्पित रहने तथा समाजसेवामा कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस