एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

  • हाम्रो दैनिक
  • / खेलकुद /
  • २०८२ मंसिर २४, बुधबार (१ महिना अघि)
  • ११८ पटक पढिएको

एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । यूएईमा डिसेम्बर १२ देखि सुरु हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय पुरुष क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ क्यानले मंगलबार राति बिदाइ गरेको छ ।

क्यानको आयोजनामा भएको एक कार्यक्रमका बीच अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष रोश सिंह लगायतले टोलीलाई बिदाइ गरे ।
नेपालले समुह चरण अन्तर्गत पहिलो खेल डिसेम्बर १३ तारिखमा श्रीलंकासँग खेल्नेछ । दोस्रो खेल डिसेम्बर १५ मा बङ्गलादेशसँग, तथा डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्नेछ ।

एसीसी यू-१९ प्रिमियर कपको फाइनल पुग्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको थियो । प्रतियोगितामा भने नेपाल उपविजेतामा सीमित भयो ।








तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु