चितवन:राप्ती नदीमा माछा मार्न गएका दुईजना बेपत्ता

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २२, शनिबार (९ महिना अघि)
  • ३५४ पटक पढिएको

चितवन:राप्ती नदीमा माछा मार्न गएका दुईजना बेपत्ता

धादिङ।चितवनको पश्चिम क्षेत्रस्थित राप्ती नदीमा माछा मार्न गएका दुईजना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो भरतपुर–२७ धरमपुरबाट माछा मार्न गएका भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार बेपत्ता भएका हुन्।

उनीहरूसँगै गएका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो। हिजो साझ पाँच बजेदेखि नै खोजी कार्य गरिरहेको केसिले बताए।

स्थानीयले पनि मेघोली क्षेत्रतर्फ खोजी गरिरहेका छन्। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उनीहरू बेपत्ता भएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस