गजुरी गाउँपालिकाले गर्यो नयाँ प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउतलाई स्वागत


गजुरी गाउँपालिकाले गर्यो नयाँ प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउतलाई स्वागत

धादिङ १३,मंसिर। धादिङको गजुरी गाउँपालिकामा होम बहादुर राउत नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा नियुक्त भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार राउतलाई गजुरी पठाइएको हो। यसअघि गजुरीमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत राजु अधिकारीलाई त्रिपुरासुन्दरी गाउँपालिकामा सरुवा गरिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत राउतलाई आज बिहिवार एक औपचारिक कार्यक्रमकाबिच गजुरी गाउँपालिकामा स्वागत गरिएको हो।

स्वागत समारोहमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत राउतलाई जनप्रतिनिधिहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै पालिकाको समृद्धि र सेवा प्रवाहमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरेका छ्न।

जनप्रतिनिधि र प्रशासकीय टोलीबिचको सहकार्यले गजुरी गाउँपालिकालाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन मद्दत पुग्ने उनको भनाइ थियो।

नयाँ प्रमुख प्रशासकीय अधिकृत राउतले गजुरीमा कार्यभार सम्हाल्दै गाउँपालिकाका योजना र नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा सहभागीहरूले प्रमुख प्रशासकीय अधिकृतको अनुभवले गजुरी गाउँपालिकाको प्रशासनिक र विकासीय गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरे। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल, वडा अध्यक्षहरू र अन्य कर्मचारीहरूको उपस्थिति थियो।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस