कांग्रेस–एमालेको सरकारले कुनै सकारात्मक सन्देश दिन सकेनः उपेन्द्र यादव

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष १८, बिहिबार (४ महिना अघि)
  • १९४ पटक पढिएको

कांग्रेस–एमालेको सरकारले कुनै सकारात्मक सन्देश दिन सकेनः उपेन्द्र यादव

बाँके।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमालेजस्ता ठुला दल मिलेर सरकार बनाएपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका छन् ।

अवधि पत्रकार संघ नेपालले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले ठुला दल मिलेर सरकार बनाएको धेरै दिन भएपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका हुन् ।

उनले नयाँ सरकार बनेपछि पनि आर्थिक, राजनीतिक, प्रशासनिक, विकास निर्माण लगायतका क्षेत्रमा कुनै सुधार हुन नसकेको बताए ।

यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफूहरूले धेरै अघि नै आन्दोलन गरेको भन्दै अव संविधान संशोधन र परिमार्जन आवश्यक रहेको धारणा राखेका छ्न्।

विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने उनले बताए । अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानुन बनाउन नसक्दा सङ्घीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको धारणा पनि राखेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस