नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने, विदेशमा आर्जित सम्पत्ति स्वदेश ल्याउन पाइने

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ पौष २६, शुक्रबार (३ महिना अघि)
  • १४५ पटक पढिएको

नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने, विदेशमा आर्जित सम्पत्ति स्वदेश ल्याउन पाइने

काठमाडौँ।नेपाली आइटी कम्पनीले अब विदेशमा लगानी गर्न पाउने भएका छन् ।शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाली आइटी कम्पनीले विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने कानुनी व्यवस्था अध्यादेशमार्फत गर्दैछ ।

अध्यादेशमा नेपाली आइटी कम्पनीले विदेशमा शाखा कार्यालय खोल्न पाउने व्यवस्था पनि गरिएको छ ।सार्वजनिक सेवा सहजीकरण गर्नका लागि केही कानुनहरू संशोधन गर्ने उद्देश्यले मन्त्रिपरिषद्ले अध्यादेश ल्याएको हो ।
राष्ट्रपतिबाट सो अध्यादेश प्रमाणीकरण भएपछि नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्ने बाटो खुल्नेछ ।स्रोत:अनलाइन खबर।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस