धादिङमा भोलि माघ २६ गते शनिबार विद्युत सेवा अवरुद्ध हुने

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ २५, शुक्रबार (४ महिना अघि)
  • ४५९ पटक पढिएको

धादिङमा भोलि माघ २६ गते शनिबार विद्युत सेवा अवरुद्ध हुने

गजुरी। भोलि माघ २६ गते (शनिबार) बिहान ११ बजे देखि अपराह्न ५ बजे सम्म धादिङका विभिन्न स्थानहरूमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जानकारी गराएको छ।

देविघाट सवस्टेशनदेखि रातमाटे सास हुँदै धादिङवेशी–जरे–सल्यानटार ३३ के.भी. प्रसारण लाइनको आसपासका रुखका हाँगाहरू काट्ने तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले भोलि बिधुत सेवा अवरुद्ध हुन लागिएको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र धादिङले बताए।

विद्युत प्राधिकरणले ग्राहकहरूलाई यस असुविधाका लागि क्षमायाचना गर्दै, यदि निर्धारित समयभन्दा अगावै मर्मत कार्य पूरा भएमा सेवा पुनः चाँडै सुचारु गरिने जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस