भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना, कम्तीमा सातजनाको मृत्यु

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ माघ ३०, बुधबार (४ महिना अघि)
  • १५८ पटक पढिएको

भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना, कम्तीमा सातजनाको मृत्यु

काठमाडौं : भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ। मृतक सबै दक्षिणी राज्य आन्ध्र प्रदेशका हुन्।

मध्य प्रदेशको जबलपुर जिल्लामा सिमेन्ट बोकेको ट्रकसँग तीर्थयात्रु बोकेको बस ठोक्किएको थियो। अन्य केही घाइते भएका छन्।

उनीहरू उत्तर प्रदेशमा चलिरहेको महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए। स्थानीय प्रहरीका अनुसार ट्रक तीव्र गतिमा सडकको गलत दिशामा गुडिरहेको थियो । एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस