गल्छी गाउँपालिका-३ गुप्तेश्वरी मन्दिर नजिक ट्यांकर दुर्घटना दुई जनाको मृत्यु


गल्छी गाउँपालिका-३ गुप्तेश्वरी मन्दिर नजिक ट्यांकर दुर्घटना दुई जनाको मृत्यु

धादिङ। गल्छि गाउँपालिका वडा नम्बर ३ को गुप्तेश्वरी मन्दिर नजिक ट्यांकर दुर्घटना दुई जनाको मृत्यु भएको छ।

घटनास्थलमा घाइतेमा परेका २० वर्षिय जयराम चेपाङ र १८ वर्षिय प्रशान्त चेपाङलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार दिँदै गर्दा मृत्यु भएको पुष्टि भएको छ।आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

साथै,१९ वर्षिय सिरिश चेपाङ र १७ वर्षिय सुरेश चेपाङलाई धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।भने ट्यांकर चालक गजुरी-६ का २३ वर्षिय दिनेश चेपाङलाई प्रहरी नियन्त्रणमा लिइएको छ।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    ताजा अपडेट

    खोजी गर्नुहोस