राष्ट्रिय फुटबल खेलाडीहरूलाई गजुरी गाउँपालिकामा भव्य स्वागत


राष्ट्रिय फुटबल खेलाडीहरूलाई गजुरी गाउँपालिकामा भव्य स्वागत

|5712,4284,0,0.45,-1

धादिङ — नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडीहरू बिराज महर्जन, विकेश कुथु र विक्रम लामालाई गजुरी गाउँपालिकामा भव्य स्वागत गरिएको छ।

स्वागत कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत, वडा सदस्य सुधीर खरेल, गजुरी सामुदायिक विकास समाजका अध्यक्ष दिवस सागर श्रेष्ठ लगायत स्थानीय अगुवा, खेलप्रेमी युवा तथा नागरिकहरूको समेत उपस्थित रहेको थियो।

खेलाडीहरूको सम्मान स्वरूप आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले राष्ट्रिय खेलाडीहरू गजुरी आएर युवाहरूलाई प्रेरणा दिएको बताउँदै आगामी दिनमा खेलकुद प्रवर्द्धनमा गाउँपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा तीनै खेलाडीले गजुरीको आतिथ्यता प्रति आभार व्यक्त गर्दै गाउँ–गाउँमा खेलकुदको विकास हुनुपर्नेमा जोड दिए।कार्यक्रमले गजुरीमा खेलकुद प्रति युवाहरूको चासो र सहभागिता बढाउने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    खोजी गर्नुहोस