धादिङ २०८२ जेठ ०१।गजुरी गाउँपालिका वडा नं. ५ स्थित गलौदी खेलमैदानमा गजुरी समाज गजुरीको आयोजनामा प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन समारोह गजुरी समाज गजुरीका अध्यक्ष दिवस सागर श्रेष्ठको अध्यक्षता, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता,गजुरी-१ का वडा सदस्य सुधीर खरेल,समाजसेवीअजय भण्डारी लगायत विभिन्न अतिथिहरू र खेलप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको छ। उद्घाटन सगै खेल आजबाट सुरु भएको प्रतियोगिता जेठ ५ गते समापन हुने जानकारी आयोजकले दिएका छन्।
प्रमुख अतिथि श्रेष्ठले आफ्नो मन्तव्य राख्दै दोस्रो शन्नी घले स्मृति कप आगामी वर्षदेखि गजुरी गाउँपालिकाको रातो किताबमै बजेट छुट्याइने घोषणा गर्नुभयो।
स्थानीय युवा खेलाडीको प्रतिभा उजागर गर्दै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |