सिटिजन्स बैंकद्वारा गजुरीमा ट्राफिक सुरक्षा सामग्री वितरण कार्यक्रम सम्पन्न


सिटिजन्स बैंकद्वारा गजुरीमा ट्राफिक सुरक्षा सामग्री वितरण कार्यक्रम सम्पन्न

गजुरी, धादिङ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गजुरीमा ट्राफिक सुरक्षा सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरीलाई ट्राफिक सचेतना बोर्ड, सर्च लाइट, ब्याटन लाइट, ट्राफिक ज्याकेट, म्याजिक लाइट, टर्च लाइट र ट्राफिक सुरक्षा स्टिकरहरू वितरण गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठलाई यी सामग्रीहरू हस्तान्तरण गरिएको हो।

चिरौदी खोला र कमिरे (पहिरोको उच्च जोखिम)’सडकमा ध्यान केन्द्रित गरेर मात्र सवारी चलाउन पर्ने सिटिजन्स बैंक (Citizens Bank) गजुरी शाखाले अनुरोध गरेको छ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्र.ना. उ. बिकास थापाको उपस्थित रहेको थियो।बैंक शाखा प्रमुख कृष्ण धितालले सामाजिक उत्तरदायित्वमा सिटिजन्स बैंकको प्रतिबद्धता व्यक्त गर्दै समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य रहेको बताए।

। कार्यक्रम संयोजक कृष्ण प्रसाद धितालले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको र नागरिकहरूले पनि सचेत भएर सहयोग गर्नुपर्ने बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि यस पहलप्रति धन्यवाद प्रकट गरेको छ। यस कार्यक्रमले गजुरी क्षेत्रको ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने विश्वास गरिएको छ।

 

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    खोजी गर्नुहोस