त्रिशूली नदीमा बेपत्ता व्यक्ति मृत अवस्थामा फेला

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ अषाढ ३, मंगलबार (११ घण्टा अघि)
  • २६ पटक पढिएको

त्रिशूली नदीमा बेपत्ता व्यक्ति मृत अवस्थामा फेला

धादिङ,२०८२ असार ३ मङगलबार ।आज दिउँसो अन्दाजी १:४५ बजे गजुरी गाउँपालिका वडा नं. २ स्थित काशी छहरा नजिकको त्रिशूली नदीमा दाउरा संकलन गर्न गएका स्थानीय व्यक्तिले नदीमा एउटा शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय गजुरीमा खबर गरेका थिए।

सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा खटिई शवलाई नदीबाट निकालेर सडकसम्म ल्याउने कार्य सम्पन्न गरेको छ। शवको पहिचान र घटनाको प्रकृति सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीय बासिन्दाको सतर्कता र प्रहरीले देखाएको सक्रियताको लागि सबैले आभार व्यक्त गरेका छन्। इलाका प्रहरी कार्यालय गजुरीबाट खटिनु भएका सम्पूर्ण प्रहरी जवानहरूलाई धन्यवाद व्यक्त गरिएको छ।

अधिक जानकारीका लागि अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस