धादिङको गजुरी–४ मा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न


धादिङको गजुरी–४ मा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न

धादिङ, २०८२ असार ५, बिहीबार।गजुरी गाउँपालिका वडा नं. ४ को आयोजनामा तथा शिक्षा विकास निर्देशनालय बागमती प्रदेश, हेटौंडा र गजुरी गाउँपालिकाको सहकार्यमा आधारभूत तह उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

साथै, अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत वडा स्तरीय घोषणा कार्यक्रम समेत भव्य रुपमा सम्पन्न भएको छ।कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिशुराल, वडा अध्यक्ष गजुरी-१,३,४ का तारानाथ भण्डारी,ऋषिलाल श्रेष्ठ,सुरेन्द्र प्रजा,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष पौडेल,स्रोत शिक्षक सुजन भण्डारी, स्थानीय विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीहरू तथा समुदायका अगुवा व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।

यस घोषणासँगै वडाभित्रका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने र कुनै पनि बालबालिका विद्यालयबाहिर नरहने सुनिश्चितता लिने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा बालबालिकालाई सम्मान गरिएको थियो भने सामुदायिक विद्यालयको गुणस्तर वृद्धि र शिक्षामा सर्वसुलभ पहुँचका लागि पालिका सरकार प्रतिबद्ध रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस