गजुरी, धादिङ । गजुरी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. सुदिप पाण्डे लाई भावनात्मक रूपमा बिदाई तथा सम्मान गरिएको छ।
२०८० साल भदौ १ गतेदेखि कार्यालय प्रमुखका रूपमा सेवा सम्हाल्दै आउनुभएका डा. पाण्डेले गजुरी गाउँपालिकाभित्र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्याउनुभएको भन्दै कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठले मायाको चिनो, सम्मानपत्र र शुभकामना प्रदान गर्नुभयो।
कार्यक्रममा गजुरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालक समिति अध्यक्ष तथा वडा नं. १ का अध्यक्ष श्री तारानाथ भण्डारी, गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला विशुराल,वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख सुन्दर कुमार श्रेष्ठ,गाउँपालिका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले डा. पाण्डेको निष्ठा, कार्यदक्षता र जनसेवाप्रतिको समर्पणको खुलेर प्रशंसा गरे।
समाप्तिमा डा. पाण्डेले आफूले गजुरीमा बिताएको कार्यकाललाई स्मरणीय अनुभवका रूपमा लिँदै सबैको साथ, समर्थन र माया प्रति आभार व्यक्त गर्नुका साथै यो प्राथमिक स्वास्थ्य केन्द्र रहेता पनि अस्पताल भनेर सबैतिर चिन्छ्न र सेवा ग्राही बेनिघाट रोराङ गाउँपालिका,गल्छी गाउँपालिका,सिद्धलेक गाउँपालिका,गण्डकी लगायत बाट सेवा लिन आउँछ्न।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |