गजुरी, धादिङ —गजुरी गाउँपालिकाको न्यायिक समिति द्वारा आयोजित “विवादको साटो, मेलमिलापको पाटो” भन्ने मूल नारासहित वडा स्तरीय मेलमिलाप केन्द्र गठन तथा समुदायमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
गजुरी गाउँपालिकाका आठै वडामा सञ्चालन गरिएको यस कार्यक्रमको संयोजक गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुरालले वडाको समस्या,वडामै समाधान गर्नुपर्ने बताउनुभयो।
उक्त कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले यस कार्यक्रमको उद्देश्य गाउँमै उत्पन्न हुने साना ठूला विवादहरूलाई अदालतसम्म नपुर्याई वडा स्तरमै आपसी सहमति र मेलमिलापको माध्यमबाट समाधान गर्ने हो।
कार्यक्रममा न्यायिक समिति सदस्यहरू, सम्बन्धित वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सूचीकृत मेलमिलापकर्ता, वडा सचिवहरू तथा अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमले समुदायमा न्यायिक समितिको भूमिका र मेलमिलाप प्रक्रियाको प्रभावकारिता बारे चेतना फैलाउने काम गरेको छ।