धान खेतीको उत्सव गजुरीमा: किसान र कृषि प्रेमीलाई सहभागिताको आह्वान


धान खेतीको उत्सव गजुरीमा: किसान र कृषि प्रेमीलाई सहभागिताको आह्वान

गजुरी, धादिङ | असार १३, २०८२ शुक्रबार।‘धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ गजुरी गाउँपालिकाले २२ औँ राष्ट्रिय धान दिवस विशेष कार्यक्रम सहित मनाउने भएको छ।

गाउँपालिकाको आयोजनामा असार १५ गते आइतबार गजुरी गाउँपालिका वडा नं. ६ स्थित ठुली फाँटमा बिहान १०:०० बजे कार्यक्रम आयोजना गरिने सूचना मार्फत जानकारी दिइएको छ। धान खेती गर्ने किसानहरूको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सम्पूर्ण कर्मचारी, वडाध्यक्ष, वडा सचिव, किसान समूह, सहकारी, संघसंस्थाका प्रतिनिधि, कृषि प्रेमी जनसमुदाय तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।

गजुरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउतले हस्ताक्षरित सूचनामा सम्पूर्णलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। यस कार्यक्रमबाट धान खेतीको महत्वबारे जनचेतना अभिवृद्धि हुने र कृषकहरूको हौसला बढ्ने विश्वास लिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस