एसइई परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८२ अषाढ १३, शुक्रबार (३ दिन अघि)
  • ११४ पटक पढिएको

एसइई परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

धादिङ १३ असार।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

केहीबेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो ।यो वर्षको एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यो गएको वर्षको भन्दा झन्डै १४ प्रतिशतले धेरै हो । गएको वर्ष ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।

बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसईईमा ३ दशमलव ६० देखि ४ दशमलव ० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको छ ।

यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको सङ्ख्या ८१ हजार ३ सय ८५ र २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको सङ्ख्या ८९ हजार १ सय २४ रहेको छ ।

यसैगरी ४८ हजार ४ सय ७९ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, ४ हजार १ सय २६ जनाले २ देखि २ दशमलव ४ जीपीए र ८ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका बोर्डका अध्यक्ष शर्माले बताउनुभयो ।

यस्तै १ सय २६ जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।यस वर्षको एसईई परीक्षा गएको चैत ७ गते शुरू भई १९ गते सकिएको थियो । एसईईमा ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस