गजुरी-६ को महादेव आ.वि.मा अध्ययनरत छात्र/छात्राहरुलाई न्यानो कपडा वितरण


गजुरी-६ को महादेव आ.वि.मा अध्ययनरत छात्र/छात्राहरुलाई न्यानो कपडा वितरण

गजुरी गाउँपालिका वडा नं.६ स्थित महादेव आधारभुत बिद्यालय राम्चेमा १-५ मा अध्ययनरत ६५ जना छात्र/छात्राहरुलाई जाडो महिनाको न्यानो कपडा वितरण गरेका छ्न।

मङगलबार आदमघाट निबासी हाल अष्ट्रेलियामा कार्यरत मृतक मनोज श्रेष्ठ र आमा लक्ष्मि श्रेष्ठको सम्झनामा मनिश श्रेष्ठले पठाउनु भएको कपडा आफ्नो बुबा काली बहादुर श्रेष्ठ आमा लक्ष्मि श्रेष्ठ र भिनाजु गजेन्द्र तामाङ मार्फत यस बिद्यालयमा अध्यानरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको बिधालय प्रधानाध्यापक कृष्ण बहादुर भुजेलले बताए।

गजुरी-६ का वडा अध्यक्ष भक्त बहादुर (कर्ण)तामाङ ले न्यानो कपडा वितरण कार्यक्रममा यस वडा भित्र रहेको आधारभूत तह र माध्यमिक तहको सात ओटा बिधालयमा न्यानो कपडा पुर्याउने लक्ष्य रहेको बताउनुभयो।

न्यानो कपडा वितरण कार्यक्रममा गजुरी-६ का अध्यक्ष भक्त बहादुर (कर्ण)तामाङ को प्रमुख आतिथ्यता,बिधालय ब्यबस्थापन समिति अध्यक्ष कृष्ण बहादुर (सुब्बा) भुजेलको अध्यक्षता लगायत अतिथिहरुको उपस्थितमा न्यानो कपडा वितरण गरिएको हो।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

खोजी गर्नुहोस