धादिङबेसी – युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजनामा नीलकण्ठ नगरपालिका भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूका लागि “प्रधानाध्यापक नेतृत्व विकास तथा अभिभावक शिक्षा” विषयक तीन दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले गर्नुभयो।कार्यक्रममा युनेस्को नेपाल राष्ट्रिय आयोगका सदस्य एवं UANTO केन्द्रीय अध्यक्ष शंकर अधिकारीको सभापतित्व, सहायक महासचिव रामेश्वरप्रसाद यादव, निवर्तमान उपप्रमुख मनराज भण्डारी, शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भूमिलाल शर्मा सुवेदी, वडा अध्यक्ष गणेशबहादुर गुरुङ, नगर सल्लाहकार दीपक कोइराला, प्रशिक्षक इन्द्रराज भट्टराई, साथै शिक्षा समितिका सदस्य, शिक्षक संघका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यार्थी प्रतिनिधि, र शिक्षाप्रेमी सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेतृत्व विकास, अभिभावकसँगको समन्वय, गुणस्तरीय शिक्षाको प्रवर्द्धन, र शैक्षिक उत्तरदायित्वबारे गहन छलफल तथा प्रशिक्षण दिइएको थियो।