एसईईमा आदर्श मा.वि.को उत्कृष्ट सफलता : अध्यक्ष श्रेष्ठद्वारा सम्मान कार्यक्रम सम्पन्न


एसईईमा आदर्श मा.वि.को उत्कृष्ट सफलता : अध्यक्ष श्रेष्ठद्वारा सम्मान कार्यक्रम सम्पन्न

गजुरी, धादिङ — गजुरी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमध्ये यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा आदर्श माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै ८३.३३ प्रतिशत सफलता दर हासिल गरेको छ। यस उपलब्धिसँगै विद्यालय गाउँपालिकाभित्र प्रथम हुन सफल भएको छ।

विद्यालयको यस ऐतिहासिक सफलतालाई सम्मान गर्न आज विद्यालयको प्राङ्गणमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठ को प्रमुख आतिथ्यता रहनुभएको थियो। अध्यक्ष श्रेष्ठले परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू, विद्यालय परिवार, तथा शिक्षक–शिक्षिकाहरूलाई प्रशंसा पत्र सहित सम्मान गर्नुभएको हो।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष श्री तारानाथ भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजकुमार उप्रेती, कार्यपालिका सदस्य मैयाँ डल्लाकोटी,धादिङ् बहुप्राबिधिक शिक्षालय प्रमुख रबिराज भण्डारी लगायतको आतिथ्यता रहेका थिए।

उक्त अवसरमा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “आदर्श विद्यालयले देखाएको प्रतिबद्धता र नतिजाले सम्पूर्ण गजुरी गाउँपालिकाको शैक्षिक क्षेत्रको गौरव बढाएको छ। गाउँपालिकाले आगामी दिनहरूमा शैक्षिक पूर्वाधार, प्रविधि र गुणस्तरमा थप लगानी गर्दै यस्ता उत्कृष्ट उदाहरणलाई प्रोत्साहित गर्नेछ।”

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस