थाक्रे गाउँपालिकाको एसईई नतिजामा उल्लेखनीय सुधार, सेतीदेवी मावि उत्कृष्ट


Post Thumbnail

धादिङ ।थाक्रे गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय प्रगति गरेका छन्। गाउँपालिकाको शिक्षा शाखाका अनुसार अघिल्लो वर्षको ४३.४० प्रतिशतको तुलनामा यस वर्ष ५६.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यस वर्ष सबैभन्दा उत्कृष्ट नतिजा सेतीदेवी माध्यमिक विद्यालयले ल्याएको छ, जहाँ २८ मध्ये २५ विद्यार्थी सफल भई ८९.२९ प्रतिशत सफलता हासिल गरेका छन्। त्यस्तै, ब्लुमिङ लोटस इंग्लिस मिडियम विद्यालयले १९ मध्ये १५ जना (७८.९५%) र जनजागृति माविले ८३ मध्ये ६३ जना (७५.९०%) विद्यार्थी उत्तीर्ण गराएका छन्।

अन्य विद्यालयहरूको नतिजा यसप्रकार रहेको छ:

ज्योति मावि – ६७.४४%

लाटिदेवी मावि – ६४.७१%

कालिका मावि – ६१.७६%

महाकाली मावि, सिम्ले – ६१.४०%

केवलपुर हरिहर भोजकुमारी मावि – ५३.८५%

आदर्श मावि – ५२%

महाकालेश्वरी मावि – ४८.४८%

लिति महाकाल मावि – ३५.९०%

लिलाकाली मावि – ३५.७१%

महाकाली मावि, तसर्पु – ३३.३३%

अमर्खु मावि – १८.९२%

शिक्षा शाखाले समग्रमा आएको प्रगतिलाई विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूको समन्वित प्रयासको नतिजा भन्दै आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यका साथ विविध शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस