राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री ओलिको तयारी

  • हाम्रो दैनिक
  • / अन्तरर्वार्ता /
  • २०८१ भाद्र ७, शुक्रबार (८ महिना अघि)
  • ४५१ पटक पढिएको

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री ओलिको तयारी

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने तयारी भएको छ ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीको ओलीको न्यूयोर्क भ्रमणको तयारी चलिरहेको छ । ‘कहिले जाने ? कोको जाने भन्ने गृहकार्य परराष्ट्र मन्त्रालयले गरिरहेको छ’, स्रोतले भन्यो, तर महासभामा भाग लिन प्रधानमन्त्री जाने चाहिँ पक्का भएको छ ।’

ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए । पछिल्लो पटक ३० असारमा प्रधानमन्त्री भएका ओली विदेश भ्रमणमा गएका छैनन् ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस