भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने

  • हाम्रो दैनिक
  • / कला/संस्कृति /
  • २०८१ कार्तिक १८, आईतबार (१ महिना अघि)
  • ८० पटक पढिएको

भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने

काठमाडौं १८,कात्तिक ।भाइटीका गर्दा दाजुभाइ कता फर्केर टीका लगाइमाग्ने? दिदीबहिनीले कुन दिशामा फर्केर लगाइदिने?

यो वर्षको भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए। ‘वृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्ति पश्चिम फर्किँदा चन्द्रमा दाहिने पर्छ’, उनले भने, त्यसैले लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्छ।’

सनातन धर्ममा शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने परम्परा छ। आइतबार चन्द्रमा वृश्चिक राशिमा छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्छ। चन्द्रमालाई अगाडि पार्ने क्रममा दाजुभाइ उत्तर फर्किँदा दिदीबहिनी दक्षिण फर्किएर टीका लगाउन नहुने भएकाले पूर्व-पश्चिम नै निर्देश गरेको अधिकारीले बताए।

त्यसो त चन्द्रमा अगाडि पार्न दाजुभाइले उत्तर फर्किएर पनि टीका लगाउन सकिन्छ। तर यसो गर्दा दिदीबहिनी पूर्व फर्किनुपर्छ। दक्षिण भने फर्किनु हुँदैन। दक्षिण दिशा पितृकर्मका लागि मात्र उपयुक्त मानिन्छ।

त्यसो त शुभकार्यमा पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता पनि छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस