गजुरीको मा.वि.स्तरीय वक्तृत्वकला प्रतियोगितामा आदर्श माध्यमिक बिद्यालय प्रथम-शिक्षा अधिकृत पौडेल


गजुरीको मा.वि.स्तरीय वक्तृत्वकला प्रतियोगितामा आदर्श माध्यमिक बिद्यालय प्रथम-शिक्षा अधिकृत पौडेल

गजुरी गाउँपालिकाको आयोजनामा अन्तराष्ट्रिय साक्षरता दिवस अवसरमा पालिकास्तरिय माध्यमिक बिद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगीता गजुरीमा सम्पन्न भएको छ।

गजुरी गाउँपालिकामा रहेका ११ वटा माध्यमिक बिद्यालय मध्ये १० वटा बिद्यालयका छात्र र छात्रा गरि प्रत्येक बिद्यालयबाट दुई दुई जना गरि २० जना बिद्यार्थीहरुको सहभागिता रहेको गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत पौडेलले बताउनुभयो ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता,विशेष अतिथिमा गजुरीगाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल,प्रमुख प्रशासकीय राजु अधिकारी,शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सन्तोष पौडेल,स्रोत शिक्षक सुजन भण्डारी,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,डोलभन्ज्याङ मा.वि.का बिधालय ब्यबस्थापन समितिका अध्यक्ष प्रमोद राज रुपाखेतीलगायतको उपस्थितमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको हो।

आइतबार गजुरी गाउँपालिकाको विकासका सम्भावना, अबसर र चुनौतिका बिषयमा भएको वक्तृत्वकला प्रतियोगीतामा आदर्श माध्यमिक बिद्यालयकी छात्रा नसिम उप्रेती ७१.१६ अंक सहित प्रथम हुन सफल भने डोलभन्ज्याङ माद्यामिक बिधालयकी सुप्रिया प्रजा ७० अंकसहित दोस्रो, मुनाल एकेडेमी गजुरीका आशिष भण्डारी ६९.१६ अंक सहित तेस्रो हुन सफल भएका छन् भने आदर्श माध्यमिक बिद्यालयकै छात्र अनिरुद्र सिंह बस्नेत ६८.६६ अंकसहित सान्त्वना स्थान हासिल गर्न सफल भएको गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सन्तोष पौडेलले बताउनुभयो ।

छात्राबासमा भएको वक्तृत्वकला प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना हुने बिद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र तथा मायाको चिनो सहित नगद रु पाँच हजार प्रथम, चार हजार दोस्रो, तीन हजार तेस्रो र २ हजार सान्त्वनालाई प्रदान गरिएको साथै यातायात खर्चसमेत दिएर पठाइएको गजुरी गाउँपालिका स्रोत शिक्षक सुजन भण्डारीले हाम्रो दैनिकलाई बताउनुभयो।

 

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस