गणतन्त्रको मुलधार पार्टी माओवादी नै हो:दाहाल


गणतन्त्रको मुलधार पार्टी माओवादी नै हो:दाहाल

बिहीवार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो दावी गरेका छन।उनले माओवादी आन्दोलन वा नेकपा माओवादी मूलधारमा आएपछि भन्ने शब्द प्रयोग भएको भन्दै माओवादी मूलधारमा आएको हो वा माओवादीले मुलधार क्रिएट गरेको हो भन्नेकुरा राजनीतिक बहसको विषय रहेको बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मुलधार माओवादी भएको जिकिर गरे। गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी भएको स्मरण उनले गरे।

माओवादीको गणतन्त्रात्मक मूलधारमा अन्य दल आएका हुन् की माओवादी संवैधानिक राजतन्त्रको मूलधारमा गएको हो भन्ने विवाद वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा अहिले पनि रहेको बताए।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस