जाजरकोटमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (९ महिना अघि)
  • ३४८ पटक पढिएको

जाजरकोटमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

जाजरकोटमा अरिङ्गालले टोकेर एकजना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ पाखा गाँउ बस्ने वर्ष ४२ का पृथ्वी विक्रम शाही रहेका छन्।

शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले टोकेर शाही घाइते भएका थिए। घाइते शाहीलाई उपचारको लागि स्थानीय र प्रहरी टोलीले स्ट्रेचरमा बोकी स्वास्थ्य चौकी लिम्सा जाजरकोटमा ल्याएकोमा उपचार सम्भव नभएपछि नगर अस्पताल दल्लीमा पठाईएको थियो।

दल्ली अस्पतालमा ल्याएर चेकजाँच गर्दा डाक्टरले शनिवार साढे ६ बजेको समयमा शाहीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस