मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुता बढाउँछ : राष्ट्रपति पौडेल

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ९, बुधबार (९ महिना अघि)
  • ७१४ पटक पढिएको

मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुता बढाउँछ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने उल्लेख गर्नुभएको छ ।

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपाली मौलिक साँस्कृतिक सम्पदाको संवर्धन गर्न सबै जुट्नुपर्ने बताएका छन्।पौडेलले चाडपर्वको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन्।

उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसाँस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको उल्लेख गरेका छन्।

जितियाकै अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरुमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिने बताएका छन्। उनले व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न यो पर्वले सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस