गजुरीको छेपाङ माध्यमिक विद्यालयमा सरसफाइ कार्यक्रम सम्पन्न

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ भाद्र ८, शनिबार (३ हप्ता अघि)
  • ८३ पटक पढिएको

गजुरीको छेपाङ माध्यमिक विद्यालयमा सरसफाइ कार्यक्रम सम्पन्न

गजुरी गाउँपालिका वडा नं.२ अन्तर्गत छेपाङ माध्यमिक बिधालयमा शिक्षक,विद्यार्थीहरुले सरसफाइ कार्यक्रम गरेका छन।

शुक्रबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीका बीचमा भएको सरसफाइ  प्रतियोगितामा फोहोर नगर्ने, र समयमैं व्यबस्थापन गर्नु पर्ने कुरामा जोड समेत दिदै शिक्षकहरु समेत सरसफाइमा लागेका थिए।

विद्यालय भवन (भित्ता) मा जथाभावी नकेर्ने, शौचालयको प्रयोग गरेपछि प्रशस्त पानी हाल्ने, हरेक कक्षाकोठामा डस्टवीन र कुच्चो राखेर फोहोर संकलन गर्ने गर्नुपर्छ ।’बिधालयका प्रधानाध्यापक कमल श्रेष्ठ भन्नू हुन्छ-‘विद्याको मन्दिर भनेर चिनिने विद्यालय भवन र अन्य संरचनाको संरक्षण गर्नु हामी अभिभावक, शिक्षक र विद्यार्थीको पनि जिम्मेवारी हो । हामीले विद्यालयको रेलिङ, पर्खाल आदिमा तोडफोड गर्नु हुँदैन, झ्याल ढोका तथा विद्यालयमा ढुङ्गा हान्नु हुँदैन र अरुलाई पनि प्रयोग गर्ने सहि तरिका र सरसफाइका बारेमा सिकाउनु पर्छ ।’

विद्यालय सफा भएन भने हामीलाई सरसफाइको कमीका कारण लाग्ने रोगहरु लाग्छ। त्यसैले बिधालयमा फोहोर हुँदा आवश्यकता अनुसार रोग नलागोस भनेर नियमित सरसफाइ गर्छौं ।त्यसैले आज विद्यालय वरपर छुट्टी पछाडि सरसफाइ गरेको बताउँछन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस