आज कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो सुदूरपश्चिममा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ।
राति सुदूरपश्चिममा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।