संघसहित सातै प्रदेशका पर्यटनमन्त्री आज पोखरामा भेला हुँदै

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ आश्विन ९, बुधबार (७ महिना अघि)
  • २०१ पटक पढिएको

संघसहित सातै प्रदेशका पर्यटनमन्त्री आज पोखरामा भेला हुँदै

धादिङ/संघीयसहित सातै प्रदेशका पर्यटनमन्त्रीको भेला पोखरामा बुधबार हुँदैछ। विश्व पर्यटन दिवसको अवसर पारी पर्यटनको राजधानी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो। ।

गण्डकी प्रदेशका पर्यटन सचिव गुरुङले आज बिहान संघीय पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातै प्रदेशका पर्यटन मन्त्री सम्मिलित विषयगत समितिको बैठक बोलाइएको थियो।

दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा संघीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवं पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले बताउनुभयो।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस