मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद लगाइँदै

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ आश्विन ३०, बुधबार (५ महिना अघि)
  • १७६ पटक पढिएको

मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद लगाइँदै

धादिङ: आश्विन शुक्ल पक्षको चतुर्दशी। बडादशैँको टीका लगाउने क्रम बुधबार पनि जारी छ। बुधबार ३४ घडी १७ पला चतुर्दशी तिथि छ।

बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण  आफन्तकहाँ जान्छन्।

टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुराली लगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

बडादशैँको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन्। टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ।

यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ। कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ। कात्तिक १ गतेदेखि नेपालीको महान् चाड दशैँ समापन हुन्छ।

शका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ। प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ।आश्विन शुक्ल पूर्णिमाकादिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस