गजुरीको बरेछापमा तिहारको लागि सयपत्री फूल घरबाटै बिक्री हुन थाल्यो-कृषक बसेल


गजुरीको बरेछापमा तिहारको लागि सयपत्री फूल घरबाटै बिक्री हुन थाल्यो-कृषक बसेल

धादिङ ।गजुरी गाउँपालिका वडा नं.१ को बरेछापमा बर्षौनी सयपत्री फुल खेती गर्दछ्न।यहाँ अधिकाश किसानहरूले फुल खेती गरेका छ्न।

तिहार भन्नेबित्तिकै फूलप्रेमीहरुको आँखामा सयपत्रीको तस्बिर आइहाल्छ । हिन्दू धर्म मान्नेहरुका लागि त तिहारमा सयपत्री नभई नहुने फूल हुँदै हो । त्यसबाहेक, एशियामा सबैभन्दा प्रचलित मौसमी फूलहरुमध्येका एक सयपत्री (Marigolds) पनि हो । रोप्न, हुर्काउन र स्याहारसुसार गर्न सजिलो फूल सयपत्री हो।

कृषक बिनिता बसेलले यस्तो बताउछिन्-यस ठाउँमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको छ । उनले वर्षदेखि फूलखेती गरेका हुन् । उनले भने, “गत वर्ष घरघरमै आएर गजुरी बजार लगायतका स्थानहरुमा लेराइदिन माग आउथ्यो भने अहिले गाउँबाट व्यापारीले एउटा मालाको १०० देखि १५० सम्ममा उठाएको समेत बताउँछिन।

उनले अघिल्लो वर्ष पनि सयपत्री फूल लगाएर राम्रै आम्दानी लिन सफल भएको बताउँछ्न। उनले भने, “गतवर्षको प्रायः किसानहरुले फूलको राम्रो बीउ उपलब्ध नहुदा नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।” यस वर्ष कम्तीमा यस बरेछाप बस्तिबाट सात सय केजी फूल उत्पादन हुने र करिब रु १ लाख भन्दा बढी आम्दानी हुने अनुमान उनले गरेकी छिन।

किसानहरुको लागि अनुदान स्वरुप विभिन्न प्रजातिका फूलका विउहरु उपलब्ध गराइदिन समेत स्थानीय सरकार समक्ष पहल गरेको र अब आउने दिनमा नयाँ नयाँ प्रजातिका फूल खेती गर्ने स्थानीय बताउछँँन्।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस