सरकारका प्रवक्ता गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरुलाई आग्रह

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक १५, बिहिबार (१ हप्ता अघि)
  • ५३ पटक पढिएको

सरकारका प्रवक्ता गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरुलाई आग्रह

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरुलाई आग्रह गरेका छन्।

बुधवार नेपाल पत्रकार महासंघले दशैँ, तिहार, छठ पर्व र नेपाल सम्वत् ११४५ को अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई सरकारको स्वस्थ आलोचना गर्न आग्रह गरेका छन्।

उनले पत्रकारको आलोचनाले सरकारलाई लोकतान्त्रिक बाटो हिड्न मद्दत गर्ने बताए। उनले पत्रकारको आलोचनाले मन्त्रीहरुले गलत काम गर्न रोक्ने भन्दै त्यो भूमिका निभाउन पत्रकारहरुलाई आग्रह गरे।

उनले सरकारले पत्रकारहरुबाट आलोचनाको अपेक्षा राखेको बताए। आलोचना सुन्ने क्षमता राख्नेले कहिल्यै पनि कमजोर काम नगर्ने उनको भनाइ छ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस