पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा सारुमगर विजयी

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ मंसिर ३०, आईतबार (४ महिना अघि)
  • २२१ पटक पढिएको

पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा सारुमगर विजयी

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा कृष्ण सारुमगर विजयी भएका छन् ।

प्रेस युनियन र प्रेस चौतारी अलाइन्सका उम्मेदवार तथा निवर्तमान अध्यक्ष शिव देवकोटालाई पराजित गर्दै उनकै कार्यकालका महासचिव समेत रहेका प्रेस सेन्टरका सारु विजयी भएका हुन् ।

सारुले ४७२ मत ल्याउदा देवकोटाले ३६३ मत मात्र ल्याएका थिए। उपाध्यक्षमा प्रेस चौतारीका हरी हुमागाई विजयी बने । महासचिवमा पनि चौतारीकै राधेश्याम खतिवडा विजयी बन्दा महिला उपाध्यक्षमा पनि चौतारीकी विमला पाण्डे विजयी बनिन् ।

सचिव र समावेशी सचिवमा प्रेस युनियनका काजी श्रेष्ठ र श्यामप्रसाद खतिवडा विजयी भएका हुन्। कोषाध्यक्षमा शङ्कर अधिकारी विजयी भए ।अध्यक्ष बाहेकका सबै पदाधिकारी तथा सदस्यहरुमा चौतारी( युनियनको प्यानलले जित दर्ता गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस