३२ वर्षे उमेरहदबारे अखिल क्रान्तिकारीमा आज मतदान

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष १३, शनिबार (२ हप्ता अघि)
  • ६४ पटक पढिएको

३२ वर्षे उमेरहदबारे अखिल क्रान्तिकारीमा आज मतदान

अनेरास्ववियु क्रान्तिकारीले सङ्गठन भित्र ३२ वर्षे उमेर हद लगाउने वा खुला राख्ने भन्ने विषयमा आज मतदान गर्दै छ ।  देशभरिका भूगोल र गैर भूगोल गरी ८६ वटा मतदान केन्द्र बाट २३९८ जना प्रतिनिधिहरुले गोप्य मतदान गर्नेछन् ।

मतदान बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । उमेरहदको टुङ्गो लागेपछि नेतृत्व छनोटको लागि १७ गते निर्वाचन हुँदै छ ।

९ गते पेरिसडाडामा बसेको निवर्तमान अध्यक्ष, सङ्गठनका इन्चार्ज र  आयोगका प्रतिनिधिको संयुक्त बैठकले २ चरणमा २३ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस