भरतपुरमा रोकिराखेको स्कुटरमा ठोक्किएर अर्का स्कुटर चालक गम्भीर घाइते

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष १७, बुधबार (२ हप्ता अघि)
  • ६० पटक पढिएको

भरतपुरमा रोकिराखेको स्कुटरमा ठोक्किएर अर्का स्कुटर चालक गम्भीर घाइते

भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा सडक छेउमा रोकिराखेको स्कुटरमा ठोक्किएर अर्का स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

गएराति साढे १२ बजेको समयमा लेवरनगरबाट अमृत चोकतर्फ आउदै गरेको बागमती प्रदेश०३–००३ प ५०८३ नम्बरको स्कुटरले सडक छेउमा रोकिराखेको ना २७ प ४३४७ नम्बरको स्कुटरमा ठक्कर दिँदा बगमती प्रदेश०३–००३ प ५०८३ नम्बरको स्कुटर चालक भरतपुर–२५ नमुना चोक बस्ने ३० वर्षीय लोकनाथ रिजाल गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

घाइते रिजालको टाउकोमा चोट लागेको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै स्कुटर र सडक छेउमा रोकिराखेको स्कुटरका चालकलाई पक्राउ गरेका छ्न।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस