धादिङको गल्छी-४ मास्टारमा ट्रक र माइक्रोबस ठोकिदा १६ जना घाइते


धादिङको गल्छी-४ मास्टारमा ट्रक र माइक्रोबस ठोकिदा १६ जना घाइते

धादिङ २५,पौष ।गल्छी गाउँपालिका वडा नम्बर ४ मास्टारमा ट्रक र माइक्रोबस ठोकिदा १३ जना घाइते ३ जना गम्भीर रहेका छ्न्।

काठमाण्डौंबाट नारायणघाट तर्फ आउदैँ गरेको ना ६ ख ७१८ नम्बरको ट्रक र वालिङबाट काठमाडौं तर्फ जादैं गरेको ग २ ख ६६६ नम्बरको माईक्रोबस गल्छी गॉउपालिका वडा नं ४ मास्टार दुर्घटना भएको हो।

घाइतेहरुलाई उपचारको लागि स्मारिका र अम्बि भरोसा अस्पताल भर्ना पस्चात घाइतेहरुको थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको अम्बि भरोसा अस्पतालका ल्याब टेक्निसियन बिनिता अधिकारीले हाम्रो दैनिकलाई बताइन्।

सवारी चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    खोजी गर्नुहोस