कैलालीमा चौधरीले पालेका अफ्रिकन स्वाइन फिभरबाट ३८ बंगुर मरे

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष २९, सोमबार (५ महिना अघि)
  • २३८ पटक पढिएको

कैलालीमा चौधरीले पालेका अफ्रिकन स्वाइन फिभरबाट ३८ बंगुर मरे

कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगबाट बंगुर मर्न थालेका छन् । घोडाघोडी नगरपालिका-९ रतिपुरका प्रदेशु चौधरीले पालेका ३८ बंगुर अफ्रिकन स्वाइन फिभर रोग लागेर मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले चौधरीले पालेका ३२ पाठापाठी, ५ माउ र एक भाले बंगुरको मरेको बताए ।

१५ पुसदेखि बंगुरको मर्न थालेकोमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा नमूना परीक्षण गर्ने क्रममा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको डीएसपी बोहराले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस