धादिङकी सुजिता अधिकारी ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ की विजेता


धादिङकी सुजिता अधिकारी ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ की विजेता

धादिङ – ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ को उपाधि धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–७, आदमटार निवासी सुजिता अधिकारीले जितेकी छन्।

सुजिता हाल गजुरी स्थित आदर्श बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकाय अन्तर्गत तेस्रो वर्षमा अध्ययनरत छिन्। रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लिको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल चरणमा देशभरबाट छानिएका १० जना प्रतिस्पर्धी सहभागी थिए।

प्रतियोगितामा सर्वाधिक भोट प्राप्त गर्दै सुजिताले उपाधि आफ्नो नाममा लेखाउन सफल भएकी हुन्। भोटिङको आधारमा विजेता छनौट गरिएको सो प्रतियोगितामा उनले आफ्नो कला, प्रस्तुति र आत्मविश्वासका माध्यमबाट निर्णायक समिति तथा दर्शकहरूको मन जितेकी हुन्।

उक्त उपलब्धिलाई गजुरी क्षेत्रका शैक्षिक, सामाजिक तथा युवावर्गले गौरवको रूपमा लिएका छन्। विजेता घोषित भएपछि प्रतिक्रिया दिँदै सुजिताले भनिन्, “गाउँबाट सुरु गरेको यात्राले आज मलाई यो उपलब्धिसम्म ल्याएको छ, यो सफलता सबै धादिङवासीकाे हो।”

उनको सफलताले ग्रामीण भेगका युवतीहरूका लागि आत्मनिर्भरता र सिपमूलक क्षेत्रमा सफलता प्राप्त गर्न प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    ताजा अपडेट

    खोजी गर्नुहोस