गजुरी-७ मा गृहिणी महिला सशक्तीकरणका लागि १५ दिने मौरीपालन तालिम सुरु

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ बैशाख २, मंगलबार (२ हप्ता अघि)
  • २०१ पटक पढिएको

गजुरी-७ मा गृहिणी महिला सशक्तीकरणका लागि १५ दिने मौरीपालन तालिम सुरु

गजुरी गाउँपालिका, २०८२ बैशाख ०२— गृहिणी महिलाहरूको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, आत्मनिर्भरता अभिवृद्धि तथा सीपमूलक तालिमलाई प्रवर्द्धन गर्ने उद्देश्यले बागमती प्रदेश सामाजिक विकास मन्त्रालय हेटौंडा,मकवानपुर  र गजुरी गाउँपालिकाको संयुक्त लगानीमा गजुरी गाउँपालिका वडा नं. ७ मा १५ दिने मौरीपालन तालिम सुरु गरिएको छ।

बद्री प्रसाद जम्कटेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख अतिथि रहनुभएको थियो। तालिममा मौरीपालनका विज्ञहरूको उपस्थिति रहेको छ जसले सहभागी महिलाहरुलाई व्यावहारिक सीप, प्रविधि र व्यवसायिक ज्ञान प्रदान गर्नेछन्।

तालिमको माध्यमबाट महिलाहरूलाई स्वरोजगार मुखी बनाउँदै गाउँमै उद्यमशिलताको वातावरण सृजना गर्ने अपेक्षा गरिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस