धादिङ, २०८२ बैशाख १७,बुधबार !बागमती प्रदेश सरकारका निवर्तमान माननीय मुख्यमन्त्री श्री शालिकराम जम्कटेलको विशेष पहलमा गजुरी गाउँपालिका वडा नं. ६ को मिलनटारदेखि जरेबगैँचा, राम्चे, पिडा हुँदै मनहरीतर्फ जाने वैकल्पिक सडक खण्डको कालोपत्रे कार्य आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ।
सडक कालोपत्रेको लागि बिनियोजित रु. ३२ करोड ८० लाख १८ हजार ६ सय २१ रूपैयाँको लागतमा निर्माण हुँदै गरेको सो सडक खण्डको कालोपत्रे कार्यको उद्घाटन निवर्तमान मुख्यमन्त्री जम्कटेलले रिबन काटेर गर्नुभयो।
कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठ, विभिन्न तहका जनप्रतिनिधिहरू, निर्माणसँग सम्बन्धित प्राविधिक टोली, तथा सयौँ स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीयवासीहरूले पूर्व मुख्यमन्त्री जम्कटेल र गाउँपालिका अध्यक्ष श्रेष्ठ लगायत अतिथिहरुलाई फूलका गुच्छा, खादामाला र अबिरले स्वागत तथा सम्मान गर्दै सडक निर्माणमा देखाएको सक्रियता र प्रतिबद्धताका लागि हार्दिक धन्यवाद व्यक्त गरे।
स्थानीय वासीहरूले सडक कालोपत्रेले दुर्गम क्षेत्रलाई पहुँचमा ल्याउने, व्यापार तथा कृषि उत्पादनको ढुवानी सहज बनाउने, र समग्र गाउँपालिकाको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |