दृष्टिविहीन गायक प्रोसेस पाण्डे ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का विजेता


दृष्टिविहीन गायक प्रोसेस पाण्डे ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का विजेता

धादिङ, गजुरी – फरक क्षमता लिएर पनि अपार प्रतिभा प्रदर्शन गर्न सफल गजुरी गाउँपालिका–२, धादिङका प्रोसेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को उपाधि जितेका छन्।

शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा उनले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै २० लाख रुपैयाँ नगद पुरस्कार सहितको उपाधि आफ्नो नाममा दर्ता गराएका हुन्।

दुबै आँखाले नदेख्ने प्रोसेस पाण्डेले टिम खेम सेञ्चुरीबाट प्रतियोगितामा सहभागी भएका थिए।श्रोताहरूको मन छुने आवाज, आत्मविश्वासपूर्ण प्रस्तुति र संगीतप्रतिको समर्पणले उनलाई दर्शकको अपार माया जित्न मद्दत गर्‍यो।

फिनालेमा अरु प्रतिस्पर्धीहरूको परिणाम यस प्रकार रहेको थियो।

फर्स्ट रनरअप: रोशन राई (टिम मेलिना राई)

सेकेन्ड रनरअप: प्रमेश राई (टिम राजु लामा)

थर्ड रनरअप: अर्पना आचार्य (टिम उदय सोताङ)प्रोसेसको यो जितले संगीतमा फरक क्षमताका व्यक्तिहरूको पनि उल्लेखनीय स्थान हुन सक्छ भन्ने सन्देश दिएको छ।

उनको यात्रा अहिले लाखौं युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।स्थानीयबासी, दर्शकहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस