महादेवबेशी–हाप्सेचौर सडक कालोपत्रे सम्पन्न, अध्यक्ष थापाद्वारा निर्माण टिमलाई धन्यवाद


महादेवबेशी–हाप्सेचौर सडक कालोपत्रे सम्पन्न, अध्यक्ष थापाद्वारा निर्माण टिमलाई धन्यवाद

धादिङ — थाक्रे गाउँपालिका वडा नं. ६ अन्तर्गत महादेवबेशी–हाप्सेचौर सडकखण्डको केराबारीदेखि सेतिदेवी भञ्याङ मैदानसम्मको करिब १ किलोमिटर सडक कालोपत्रे कार्य सम्पन्न भएको छ। कुल २ करोड रुपैयाँको लागतमा सम्पन्न उक्त आयोजना आध्य काली निर्माण सेवा प्रा. लि. ले तोकिएको समय सीमाभित्रै निर्माण सम्पन्न गरेको हो।

वडा अध्यक्ष हिरा बहादुर (राजेन्द्र) थापाले सामाजिक सञ्जालमार्फत निर्माण कम्पनी तथा यसमा सम्लग्न सम्पूर्ण प्राविधिक तथा श्रमिक टिमप्रति विशेष आभार प्रकट गर्नुभएको छ। उहाँले सफल निर्माण व्यवसायी सरोज सुवेदी र उहाँको सिंगो टिमको समर्पण, इमानदारी र समयप्रतिको जिम्मेवारीप्रति प्रशंसा व्यक्त गर्नुभएको छ।

“हाम्रो गाउँको पूर्वाधार विकासमा गरिएको यो योगदान अविस्मरणीय हुनेछ,” अध्यक्ष थापाले भनेका छन्, “यो विकासको बाटो हो, जुन आगामी पुस्ताले गर्वका साथ सम्झिनेछ।”

स्थानीय बासिन्दाहरूले पनि सडक कालोपत्रे भएपछि यात्रा सहज, सुरक्षित र द्रुत भएको भन्दै खुसी व्यक्त गरेका छन्। पहिले वर्षायाममा चिप्लो, हिलो र अप्ठ्यारो हुने यो बाटो अब सहज चलायमान बनेको छ। कृषिजन्य उत्पादन ढुवानीमा समेत सहजता आउने भएकाले आर्थिक लाभको अपेक्षा गरिएको छ।

यसै क्रममा स्थानीय युवाहरू, बृद्धबृद्धा, शिक्षक, व्यवसायी तथा सामाजिक अगुवाहरूले निर्माण कार्यमा पारदर्शिता र गुणस्तर कायम राखिएकोमा सन्तोष व्यक्त गर्दै भविष्यमा पनि यस्ता विकास योजनाहरूको निरन्तरता दिन माग गरेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

खोजी गर्नुहोस