अमेरिकाबाट फिर्ता गराइएका नेपाली भन्छन्, फेरि तनावमा नपारिदिए हुन्थ्यो

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ जेष्ठ २८, मंगलबार (५ दिन अघि)
  • ४६ पटक पढिएको

अमेरिकाबाट फिर्ता गराइएका नेपाली भन्छन्, फेरि तनावमा नपारिदिए हुन्थ्यो

काठमाडौं : अवैध रूपमा अमेरिकामा बसोबास गर्ने र त्यहाँको कानुन उल्लङ्घन गरेपछि निष्कासित भई नेपाल फर्कने नेपालीको आँकडा बढ्दै छ।

अमेरिकाबाट आइतबार राति ३७ जना निष्कासित भएर फर्केसँगै यो सङ्ख्या थप बढोत्तरी भएको हो। जति पटक फिर्ता गरिन्छन्, त्यति नै पटक उनीहरूलाई अध्यागमन विभागले मानव बेचबिखन ब्यूरोको जिम्मा लगाउने गरेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिइ।

आइतबार राति फर्काइएका ३७ जनालाई पनि त्यसै गरी ब्यूरोको जिम्मा लगाइएको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, सन् २०२५ लागेसँगै यसरी निष्कासित भएर स्वदेश फर्काएइको सङ्ख्या १७७ जना पुगेको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिए।

अमेरिका सरकारले चार्टर विमानमार्फत आइतबार फिर्ता पठाएकामा ३२ जना पुरुष र पाँच जना महिला छन्। प्रवक्ता न्यौपानेले भने, “त्यसरी फिर्ता भएकाको सङ्ख्यामध्ये आइतबारको सङ्ख्या हालसम्मकै उच्च हो, नत्र एक वा दुई जना विभिन्न समयमा फिर्ता पठाइएका थिए।’ चार्टर विमानमार्फत नै नेपाली फर्काएको यो दोस्रो पटक हो। यसअघि फागुन २१ गते एकै दिन नौ जना नेपालीलाई फिर्ता पठाइएको थियो।

सन् २०२५ सुरु भएसँगै जनवरी २० देखि गत मे महिनाभित्र यसरी फर्काइएका १४० जना थिए। यसरी फर्काइएकामा जनवरी महिनामा छ जना, फेबु्रअरीमा २० जना, मार्चमा ३० जना, अप्रिलमा २६ जना र मे महिनामा ५८ जना रहेका छन्। त्यसअघि पनि कानुन उल्लङ्घन गरेकाहरू निष्कासनमा पर्दै आएका थिए। अध्यागमनको पुरानो तथ्यले पनि त्यो बताउँछ, जस अनुसार सन् २०२१ मा ३५ जना, सन् २०२२ मा २२ जना, सन् २०२३ मा २४ जना र २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट निष्कासनमा परेका थिए।

अमेरिकाको अध्यागमन तथा राष्ट्रियता कानुनले अवैध रूपमा बस्नेहरू कानून उल्लङ्घनकर्ता हुने प्रस्ट्याएको छ। त्यहाँको कानुन अनुसार पहिले आफ्नो अवस्था आफैँ मूल्याङ्कन गरेर आफैँ अमेरिका छाड्ने अवसर दिइन्छ, त्यसलाई ‘सेल्फ डिपोर्ट’ (आफैँ फर्कने) भनिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस