काठमाडौं : संघीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाका एक-एक समितिका बैठक बस्न लागेको हो।
राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ। बैठक दिउँसो १ बजे बस्नेछ।