धादिङ, गजुरी – गजुरी गाउँपालिका वडा नं. २ मा अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता वडा नं. २ का वडाध्यक्ष द्रोण कडेलले गर्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले ब्यानरमा हस्ताक्षर गरी वडालाई “अनिवार्य तथा नि:शुल्क शिक्षा वडा” घोषणा गर्नुभएको हो।
कार्यक्रममा उपाध्यक्ष शर्मिला बिशुराल शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष पौडेल,शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष श्रेष्ठले शिक्षालाई पहिलो पंक्तिको सेवा भनेर पालिकाले शिक्षा क्षेत्रलाई निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले अनिवार्य शिक्षाको महत्त्व, सामुदायिक भूमिका, बालमैत्री वातावरणको आवश्यकता र राज्यको उत्तरदायित्वका विषयमा आ-आफ्नो धारणा व्यक्त गरे
अध्यक्ष द्रोण कडेलले आफ्नो वडामा एकजना पनि बालबालिका शिक्षाबाहिर नरहोस् भन्ने उद्देश्यले यो कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो। अध्यक्ष श्रेष्ठले शिक्षालाई पहिलो पंक्तिको सेवा भनेर पालिकाले शिक्षा क्षेत्रलाई निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |